Amateur Radio

“ एमेच्योर रेडियो” परिचय र प्रयोगको नेपाली सन्दर्भ

सतीश कृष्ण खरेल , 9N1AA

एमेच्योर रेडियो त्यस्तो मनोविनोद (Hobby) हो, जसमा समान मनोविनोद भएका व्यक्तीहरुसग रेडियो ट्रान्सीभरको प्रयोग गरी सन्चार र सम्बाद गरिन्छ ।

यसमा के के गरिन्छ ?

  • सन्चार (Communication)
  • परीक्षण (Experimentation)
  • सम्बाद (Rag-Chewing)
  • प्रतिस्पर्धा (Contest)

सन्चार

  • आफुलाइ मनपर्ने मोड र फ्रिक्वेन्सीमा परस्पर सन्चार गरिन्छ ।
  • सामान्यतया तेश्रो पक्षको सन्देश हस्तान्तरण गरिदैन
  • तर आकस्मीकता र प्रकोपको अवस्थामा तेश्रो पक्षको सन्देश आदान प्रदान हुन्छ

कसरी ?

थुप्रै फरक फरक माध्यम र तरिकाहरु (Mode) छन , जस्तै

  • बोलेर जसमा SSB, AM , FM, आदी प्रयोग हुन्छ ।
  • मोर्स कोड जसमा CW प्रयोग हुन्छ ।
  • डिजिटल जसमा PSK31, PSK63, SSTV, HD SSTV, RTTY, MFSK16, MFSK32, MT63, Hellschreiber, Olivia, Packet, PACTOR , Throb, Contestia, JT6M,  Ham DRM, Domino, DominoEX, DominoF, WSPR, ROS, SITOR, SITOR-A, SITOR-B, Swedish ARQ, Clover, CHIP, ALE, PAX, PAX-2, STANAG, HFDL, NAVTEX, SYNOP, COQUELET, AOR, WinDRM आदी प्रमूख छन ।

Frequency Spectrum

नेपाली परिप्रेक्ष

सेन्ट जेभियर विध्यालयका संस्थापक मार्शल मोरानले भारत कलकत्तामा १९३५ मा लाइसेन्स लिएका | २०१५ सालमा तत्कालिन राजा महेन्द्रलाइ विन्तीपत्र दिएकोमा “गोदावरीमा एउटा टेलीकम्युनीकेशन स्टेशन चलाउन दिनु” भन्ने हुकुम प्रमागी भएको र निजले सो स्टेशन एमेच्योर रेडीयो प्रयोजनका लागी प्रयोग गरेको २०४६ सालमा रेडीयो नेपाल र सन्चार मन्त्रालयले 9N1RN  9N1MC कल साइन प्रयोग गरी चलाउने गरेको

रेडियो सञ्चार लाइसेन्स नियमावली २०४९

  • पहिलो परिक्षा २०४९ सालमा ५ जना
  • २०५३ साल ४ जना
  • २०६९ साल २६ जना
  • २०७१ सालमा ७५ जना
  • २०७६ सालमा ९०० जना
  • ७ वटा एच एफ स्टेशन
  • ५०० भन्दा वटा एच टी

प्रकोपको अवस्थामा समन्वयको आवश्यकता

उद्ध्वारमा संलग्न निकायहरु

  • गृह मन्त्रालय
  • केन्द्रीय र स्थानिय दैवि प्रकोप उद्धार समितिहरु
  • नेपाल प्रहरी
  • शसस्त्र प्रहरी
  • रेडक्रस
  • नेपाल स्काउट
  • एमेच्योर रेडियो सञ्चालकहरु