“ एमेच्योर रेडियो” परिचय र प्रयोगको नेपाली सन्दर्भ
सतीश कृष्ण खरेल , 9N1AA
एमेच्योर रेडियो त्यस्तो मनोविनोद (Hobby) हो, जसमा समान मनोविनोद भएका व्यक्तीहरुसग रेडियो ट्रान्सीभरको प्रयोग गरी सन्चार र सम्बाद गरिन्छ ।
यसमा के के गरिन्छ ?
- सन्चार (Communication)
- परीक्षण (Experimentation)
- सम्बाद (Rag-Chewing)
- प्रतिस्पर्धा (Contest)
सन्चार
- आफुलाइ मनपर्ने मोड र फ्रिक्वेन्सीमा परस्पर सन्चार गरिन्छ ।
- सामान्यतया तेश्रो पक्षको सन्देश हस्तान्तरण गरिदैन
- तर आकस्मीकता र प्रकोपको अवस्थामा तेश्रो पक्षको सन्देश आदान प्रदान हुन्छ
कसरी ?
थुप्रै फरक फरक माध्यम र तरिकाहरु (Mode) छन , जस्तै
- बोलेर जसमा SSB, AM , FM, आदी प्रयोग हुन्छ ।
- मोर्स कोड जसमा CW प्रयोग हुन्छ ।
- डिजिटल जसमा PSK31, PSK63, SSTV, HD SSTV, RTTY, MFSK16, MFSK32, MT63, Hellschreiber, Olivia, Packet, PACTOR , Throb, Contestia, JT6M, Ham DRM, Domino, DominoEX, DominoF, WSPR, ROS, SITOR, SITOR-A, SITOR-B, Swedish ARQ, Clover, CHIP, ALE, PAX, PAX-2, STANAG, HFDL, NAVTEX, SYNOP, COQUELET, AOR, WinDRM आदी प्रमूख छन ।

Frequency Spectrum

नेपाली परिप्रेक्ष
सेन्ट जेभियर विध्यालयका संस्थापक मार्शल मोरानले भारत कलकत्तामा १९३५ मा लाइसेन्स लिएका | २०१५ सालमा तत्कालिन राजा महेन्द्रलाइ विन्तीपत्र दिएकोमा “गोदावरीमा एउटा टेलीकम्युनीकेशन स्टेशन चलाउन दिनु” भन्ने हुकुम प्रमागी भएको र निजले सो स्टेशन एमेच्योर रेडीयो प्रयोजनका लागी प्रयोग गरेको २०४६ सालमा रेडीयो नेपाल र सन्चार मन्त्रालयले 9N1RN 9N1MC कल साइन प्रयोग गरी चलाउने गरेको
रेडियो सञ्चार लाइसेन्स नियमावली २०४९
- पहिलो परिक्षा २०४९ सालमा ५ जना
- २०५३ साल ४ जना
- २०६९ साल २६ जना
- २०७१ सालमा ७५ जना
- २०७६ सालमा ९०० जना
- ७ वटा एच एफ स्टेशन
- ५०० भन्दा वटा एच टी
प्रकोपको अवस्थामा समन्वयको आवश्यकता
उद्ध्वारमा संलग्न निकायहरु
- गृह मन्त्रालय
- केन्द्रीय र स्थानिय दैवि प्रकोप उद्धार समितिहरु
- नेपाल प्रहरी
- शसस्त्र प्रहरी
- रेडक्रस
- नेपाल स्काउट
- एमेच्योर रेडियो सञ्चालकहरु